साफ च्याम्पियनसिपमा श्रीलङ्काले माल्दिभ्सलाई हरायो

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ ।  आज भएको खेलमा माल्दिभ्सलाई १–० ले हराउँदै श्रीलंकाले विजयी सुरुआत गरेको हो । खेलको १८ औँ मिनेटमा इमेसा अनुराधिनीले गरेको गोल र्नै श्रीलंकाका लागि निर्णायक बनेको  हो ।  जितसँगै ३ अंक जोडेको श्रीलंका समूह बी को शीर्ष स्थानमा उक्लिएको छ। आजै हुने समूह बी को दोस्रो खेलमा घरेलु टोली नेपाल र भूटान भिड्दैछन् ।

Photo-(4)-(3)-1729256651.JPG
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार