पूर्वमन्त्री भगबती चौधरीको पहलमा गरिब विपन्नलाई एक सय घर निर्माण हुँदै

शनिबार, कात्तिक ३, २०८१

सुनसरी । सुनसरीको गढी गाउँपालिकामा गरिब, विपन्न र सुकुम्बासी परिवारलाई निःशुल्क घर बनाइदिने कार्य अगाडी बढेको छ । सुनसरी निर्वाचन क्षेत्र नं। ३ की सांसद भगबती चौधरीको सक्रियतामा सो क्षेत्रका गरिब, विपन्न, र भूमिहिन नागरिकका हकमा निःशुल्क घर बनाइन लागिएको हो । चुची फाउण्डेशनले सो क्षेत्रका गरिब, विपन्न नागरिकका लागि निःशुल्क घर बनाइदिने प्रस्ताव ल्याएकोमा गढी, बर्जु, इनरुवा नगरपालिकाले सैद्धान्तिक सहमति प्रदान गरेका थिए । मन्त्री चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुँदै गर्दा फाउण्डेशनले देशका विभिन्न क्षेत्रमा रहेका गरिब, विपन्नहरुलाई सुरक्षित आवास निर्माणको परियोजना ल्याएको थियो । सो क्रममा सुनसरी जिल्लाकै अति पिछडिएको क्षेत्रका रुपमा रहेको बर्जु र गढी गाउँपालिकामा पनि सुरक्षित आवास परियोजना सञ्चालन गर्ने प्रस्ताव अनुरुप सुनसरी ३ नं. क्षेत्रभर एक सय घर निर्माणको सम्झौता भएको थियो ।

8990-1729301557.jpg
सम्झौता अनुसार पहिलो चरणमा गढी गाउँपालिकामा ४० घर तथा इनरुवा नगरपालिकाको वडा नं। ७ चाँदवेलामा ३० घर निर्माण गरिने छ । बिहीबार परियोजना तत्काल सूचारु गर्न गढी र चाँदवेलामा स्थानीयहरुसँग समेत बृहद् छलफल भएको थियो । छलफलमा सांसद चौधरीले आफ्नो चुनाबी बाचा अनुसार क्षेत्रको विकासमा गम्भिरतापूर्वक लागेको भन्दै स्थानीयहरुले प्रशंसा पनि गरे । सो क्रममा बोल्दै सांसद चौधरीले सुनसरी क्षेत्र नं. ३ को विकास र जनताका लागि आफु सदैव क्रियाशिल रहने बताउँदै आफु राजनीतिमा लाग्दा आफुले जनताको विकास कसरी हुन्छ भन्नेमा सोच बनाएको बताइन् । नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी चौधरीले जनताका सुख दुखःमा आफु हरदम रहने बताउँदै जनताका आधारभूत आवश्यक्ताहरु पुरा गर्न र सो क्षेत्रको बृहत्तर विकासमा आफू अहोरात्र खट्ने प्रतिबद्धता जनाइन् । चौधरीको सक्रियतामा क्षेत्रमा आएको परियोजनालाई कसरी सफल बनाउने ? लक्षित वर्गहरु कसरी पहिचान गर्ने ? सुरक्षित आवासको मोडल कस्तो हुने भन्ने विषयमा छलफल भएको थियो । छलफलमा गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी सहित स्थानीय जनप्रतिनिधि र नागरिकको बाक्लो उपस्थिति रहेको थियो । एक वर्षभित्र सुनसरी क्षेत्र नं. ३ का एक सय घर परिवारलाई सुरक्षित आवास निर्माण गर्ने यो परियोजना गढी, बर्जु, इनरुवा ७, इटहरी उमनपाको सुकुम्बासी क्षेत्र र दुहवी नगरपालिका अन्तरगतका सुकुम्बासी वस्तीमा सञ्चालन हुनेछ । 

43444-1729301557.jpg
 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ०७:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार