होटलको कोठामा पुरुष मृत फेला

शनिबार, कात्तिक ३, २०८१

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका एकजना पुरुष होटलमा मृत फेला परेका छन् ।  मकवानपुर जिल्ला प्रहरी कार्यालयकाअनुसार हेटौडा उपमहानगरपालिका–२ स्थित पल्पसा प्याराडाइज होटलको कोठामा काठमाडौं महानगरपालिका–७ चाबहिल निवासी ४७ वर्षीय अजय मानन्धर मृत फेला परेका छन् । उनी गत असोज २७ गतेदेखि होटलको तेस्रो तल्लाको ४०५ नम्बर कोठामा बसिरहेका थिए । कार्तिक २ गते दिउँसो करिब ४ बजे मानन्धरका साथीहरूले फोन गर्दा नउठेपछि होटलमा गई हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए । घटनाबारे जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो ।  प्रारम्भिक अनुसन्धानबाट मानन्धर मामा घर आएको र पहिले पनि हेटौडा आउँदा सोही होटलमा बस्ने गरेको खुलेको छ । मृतकको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ । घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार