चिनियाँ नेता छन काङ्ग नेतृत्वको टोली नेपाल भ्रमणमा

शनिबार, कात्तिक ३, २०८१

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका छिङहाइ प्रान्तीय कमिटीका सचिव छन काङ्ग नेपाल आइपुगेका छन् । एअर चाइनाको उडान नम्बर सिए ४३७ मा सिचुआन प्रान्तको राजधानी छन्तुबाट छन काङ्ग शनिबार काठमाडौं उत्रिएका हुन् ।  नेपाल भ्रमणमा आएका छन काङ्गले आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि चिनियाँ दूतावास र होटल याक एण्ड यतिमा हुन लागेको सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।  टोली आइतबार नै काठमाडौं दरबार स्क्वायरको समेत अवलोकन गर्ने छ । सोमबार बिहान स्वयम्भू, भक्तपुर दरबार स्क्वायरको अवलोकनलगायतका कार्यक्रम छन् । चिनियाँ टोली सोमबार दिउँसो साढे १ बजे थाइ एअरवेजको उडान नम्बर टिजी ३२० मा बैंकक हुँदै स्वदेश फर्कने छ । 

Phto-(11)-1729347584.jpg
Phto-(14)-1729347581.jpg
 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  २०:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार