सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको विरोधमा काठमाडौंमा पनि प्रदर्शन गरिएको छ । उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले लामिछानेको गिरफ्तारी भएको भन्दै उनका समर्थकले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रयोग भएका नाराहरू भने पोखरा र काठमाडौंमा केही भिन्न देखिएको थियो । पोखरामा कांग्रेस नेता धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेलको फोटोसहित प्रदर्शन गरिए पनि काठमाडौमा त्यस्तो दृश्य देखिएको थिएन । काठमाडौमा भएको प्रदर्शनमा ‘लोकतन्त्रमा अन्यायलाई ठाँउ छैन्’, ‘अन्याय सहेर जनता चुप बस्दैनौ’, ‘सहकारी पीडितलाई न्याय दे’,‘भ्रष्ट सरकार ओई ओई, ८७ खर्ब खोई खोई’, ‘सक्दैनौ सक्दै त सक्दैनौ’,‘यो राजनीतिक प्रतिशोध बन्द गर’, ‘दुई तिहाई पाराले दुःख पायो साराले’, ‘भाट भुटानी सरकार मुर्दावाद’, ‘सरकार मर्यो, जनतालाई जुठो पर्यो’,‘कसैको राजनीति बचाउन, जनताको राजनीति सकाउन पाइदैँन्’, ‘दोषिलाई च्याप्ने, निर्दोषलाई न्याक्ने’ लगायतका रोचक लाग्ने नाराहरू लेखिएका प्लेकार्ड र नारा लगाएका थिए । रास्वपा नेता शिशिर खनाललगायतका नेताहरूले सम्बोधन गरेका थिए । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछाने शुक्रबार साँझ पक्राउ परेका थिए ।