इजरायली हमलाबाट गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पाँचसय पुग्यो

आइतबार, कात्तिक ४, २०८१

एजेन्सी । गाजा पट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुगेको छ । पछिल्लो २४ घण्टामा गाजामा इजरायलको सैन्य कारबाहीमा ६२ जनाको मृत्यु भएको र तीनसय बढी घाइते भएको जनाइएको छ । पछिल्लो पटक जबलिया शिविरमा इजरायले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । २०२३ अक्टोबर यता प्यालेस्टाइन–इजरायली द्वन्द्वमा १० हजार बढी घाइते भएका छन् ।-सीसीटिभीप्लस/एनएनबी

Photo-(2)-(13)-1729379461.jpg
Photo-(5)-(7)-1729379456.jpg
Photo-(6)-(7)-1729379456.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार