एमाले सचिवालय बैठक आज बस्दै 

आइतबार, कात्तिक ४, २०८१

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज आइतबार बस्ने भएको छ । आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने तय भएको छ ।  पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषयहरूमा छलफल गर्न बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार