नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ 

आइतबार, कात्तिक ४, २०८१

काठमाडौं । सयुंक्त राज्य अमेरिकामा जारी तीन खेलको टी–२० आई श्रृंखलाको दोस्रो खेलमा नेपालले अमेरिकालाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ । टेक्सासस्थित ग्रान्ड प्रेरि रंगशालामा आइतबार पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७० रन बनायो । नेपालका कुशल भूर्तेलले सानदार ब्याटिङ गर्दै अविजित ९२ रन बनाए । त्यस्तै, करण केसी ६ रनमा अविजित रहे । यसैगरी, अनिल साहले २५, गुल्शन झाले १९, कप्तान रोहितकुमार पौडेलले १८, दीपेन्द्र सिंहले २ र आसिफ शेखले १ रनको योगदान दिए । अमेरिकाका लागि भने नोशथुश केन्जिन्गे र जसदीप सिंहले २ तथा सौरभ नेत्रभाल्करले १–१ विकेट लिए । अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । 

Bhurtel-1729390769.jpg
ImageImage

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार