भूगर्भविदद्धारा थापागाउँको पहिरोको अध्ययन, दुई सय घर जोखिममा

आइतबार, कात्तिक ४, २०८१

कीर्तिपुर (काठमाडौं) । भूगर्भविद्हरूले दुई सय घर जोखिममा पार्ने गरी कीर्तिपुर नगरपालिका ४ स्थित सान्डाँडाबाट थापागाउँतर्फ गएको पहिरोको अध्ययन थालेका छन् । भू प्रविधिविद् डा.प्रदीप पोखरेल र स्थानीय इन्जिनियरहरू तथा पहिरो पीडित, दिपेन्द्र विक्रम थापा तथा शान्तिवन विकास समितिका संयोजक देवेन्द्र महर्जनसहितको टोलीले शनिबार उक्त स्थानको स्थलगत अवलोकन गरी अध्ययनको थालनी गरेका हुन्  । चन्द्रागिरी नगरपालिकाको ९ नम्बर वडासँगै सीमा जोडिने उक्त स्थानमा गत असोज १० र ११ गतेको  अविरल वर्षालगत्तै झण्डै पाँच सय मिटर तलसम्म पहिरो गएको थियो । उक्त पहिरोमा सान्डाँडाको  निर्माणाधीन शान्तिस्तुपाको सिँडी हुँदै थापागाउँको फेदीसम्म माटो बगेको थियो ।  प्रारम्भिक अवलोकनपछि डा.पोखरेलले अध्ययनका विविध पक्ष समावेश गरी प्रस्ताव तयार गर्ने र भू गर्भविद्लाई समेत समावेश गरी व्यवस्थित अध्ययन थालिने बताए ।  स्थानीय पीडितहरूले चन्द्रागिरी र कीर्तिपुर दुवै नगरपालिकासँग पहिरोबाट धनजनको क्षतिहुने जोखिम रहेकोले तत्काल रोकथामका लागि आवश्यक काम गर्न माग गरेका छन् । यसैगरी दीर्घकालीन  रुपमा थापागाउँ मानव वसोबासका लागि ठीक भए नभएको र शान्ति स्तुपा निर्माणबाट त्यस स्थानको भूबनोटमा परेको असर बारे समेत विस्तृत अध्ययन गरिनुपर्ने  माग राखेका छन् । 

pahiro-gayo-1729395356.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार