नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा

आइतबार, कात्तिक ४, २०८१

काठमाडौं । नेपाल र अमेरिकाको टी–२० आई सिरिजअन्तर्गतको दोस्रो खेल सुपरओभरमा गएको छ ।  सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रन जोडेको थियो । जवाफी ब्याटिङ गरेको अमेरिकाले पनि २० ओभरमा ८ विकेटको क्षतिमा १७० रननै जोडेको थियो ।  अमेरिकाका लागिआन्द्रेस गसले अर्धशतक प्रहार गरे। नेपाल प्रिमियर लिग ९एनपिएल० टोली पोखरा एभेन्जर्समा आबद्ध भइसकेका उनले अन्तिम ओभरको दुई बल बाँकी छदा आउट हुनुअघि ६२ रन जोडे ।  त्यसअघि नेपालले दोस्रो ओभरमै अमेरिकाका ओपनर तथा कप्तान मोनाक पटेललाई १ रनमा आउट गरेको थियो ।  उनलाई करण केसीले दोस्रो ओभरको करण केसीले बोल्ड गरेका थिए । बलिङमा नेपालका करण केसीले ३ विकेट र सोमपाल कामीले २ विकेट लिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार