पाकिस्तानसँग हारबाट जोगियो बंगलादेश

आइतबार, कात्तिक ४, २०८१

काठमाडौं । साबिक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ मा पाकिस्तानसँग हारबाट जोगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा बंगलादेशले पाकिस्तानसँग १–१ बराबरी खेलेको हो । दशरथ रंगशालामा सम्पन्न खेलको २१ औं मिनेटमा बंगलादेशकी ऋतु चक्माले बायाँ विंगबाट दिएको क्रसमा ६ यार्ड बक्सभित्र उनकै टोलीका ३ खेलाडीले बल छुन नसक्दा गोलको अवसर टर्यो । २४ औं मिनेटमा पाकिस्तानको गोल गर्ने अवसरमा गोलरक्षक रुपना चक्मा बाधक बनिन् । सुहा हिरानीले झन्डै ३५ यार्ड टाढाबाट गरेको प्रहारलाई रुपनाले मुस्किलले बाहिर पठाएकी थिइन् ।

Photo-(13)-(1)-1729435993.jpg
३२ औं मिनेटमा पाकिस्तानले जाहमेना मालिकको गोलमा अग्रता लियो । रमीन फरिदले मिडफिल्डबाट दिएको लामो पासमा शिउली अजिमको ब्याकपास फितलो रहँदा जाहमेना पहिलो टचमै रुपना चक्मालाई बिट गर्दै गोल गरिन् । ४२ औं मिनेटमा बंगलादेशकी ऋतुले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक निशा अशरफ बिट भएपनि क्रसबार बाधक बन्द बंगलादेश बराबरी गर्नबाट बन्चित भयो । दोस्रो हाफमा पनि बंगलादेशले लगातार आक्रमण गर्यो तर गोल फर्काउन संघर्ष जारी रह्यो । तर ७७ औं मिनेटमा पाकिस्तानले अग्रता दोब्बर पार्ने अवसर भने गुमायो । जाहमेनाको पासमा अफसाइड ट्रयाप बिट भएको अवस्थामा अमिना हनिफले वन भर्सेस वनमा गोल गर्न सकिनन् । गोलरक्षक रुपना चक्माले अघि बढेर उनलाई दोस्रो टच लिन दिइनन् । योसँगै समूह ए मा रहेको पाकिस्तानले पहिलो अंक जोडेको छ । पहिलो खेलमा भारतसँग पाकिस्तान ५–२ ले पराजित भएको थियो। बंगलादेशको भने पहिलो खेल हो। शीर्ष स्थानमा रहेको भारत एक खेलअगावै सेमिफाइनलमा पुगेको छ । यद्यपि, पाकिस्तानको भने सेमिफाइनलमा पुग्ने सम्भावना जीवित्तै छ । यो समूहको अन्तिम खेलमा बंगलादेशले भारतको सामना गर्नेछ ।

Photo-(10)-(1)-1729435998.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  २०:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार