अमेरिकाले नेपाललाई दियो १ सय ५७ रनको लक्ष्य

सोमबार, कात्तिक ५, २०८१

काठमाडौं । अमेरिकाले तेस्रो तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सोमबार नेपालसामु जितका लागि १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अमेरिकाले डलासमा पाँच विकेट गुमाएर १ सय ५६ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको हो । स्कोरबोर्डमा सात रन मात्र छँदा पहिलो विकेट गुमाएको अमेरिकाका लागि ओपनर साइतेज मुकामलले सर्वाधिक ६८ रन बनाए र उनले नै टिमको इनिङ्स बुने । उनले ५१ बलको सामना गरेर पाँच चौका र दुई छक्का प्रहार गरे । उनी सोमपाल कामीको बलमा बोल्ड भए । अर्का ओपनर तथा कप्तान मोनान्क पटेल दुई रन बनाएर सोमपालकै बलमा एलबीडब्लू भएका थिए । यस्तै एन्ड्रेस गुस पनि दुई रन मात्र बनाएर रिजन ढकालको बलमा आउट भए । लगत्तै एरोन जोन्स १३ रन बनाएर ललित राजवंशीको बलमा पेभिलियन फर्के । सयन जहाँगीर नौ रन बनाए सोमपालकै सिकार बने । अमेरिकाका लागि अन्त्यतिर मिलिन्द कुमारले उपयोगी ४३ रन बनाए । उनले ३५ बलको मात्र सामना गरेर चार चौका प्रहार गरे । सोमपालको नाममा तीन विकेट रह्यो भने रिजन र ललितले एक–एक विकेट लिए । तीन खेलको सिरिज नेपालले यसअघि नै २–० ले अगाडि रहेर जितिसकेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार