सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । न्युजिल्यान्डले आइतबार वुमेन्स ट्वान्टी-२० विश्वकपको उपाधि जितेको छ । उसले दुबईमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई सजिलै ३२ रनले हराएको हो । प्रतियोगिता अगाडि न्युजिल्यान्ड लगातार दस खेलमा पराजित रहेको थियो । तर यही टिमले महिला ट्वान्टी-२० क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता जितेको हो । न्युजिल्यान्डले सन् २००९ र २०१० को पनि फाइनल खेलेको थियो, तर दुवै अवसरमा पराजित रहेको थियो । न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा १ सय ५८ रन बनाएको थियो । त्यसमा अमेरिया केरले सर्वाधिक ४३ रन बनाइन् । पछि उनी नै ‘प्लेयर अफ द म्याच’ भइन् । केरले पछि बलिङ गर्दै २४ रनमा तीन विकेट पनि लिइन् र दक्षिण अफ्रिका नौ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सफल रह्यो । पहिलो विकेटका लागि ५१ रन बनाएको दक्षिण अफ्रिकाले त्यसपछि नियमित विकेट गुमाएको थियो ।