पहिलो पटक नेप्सेको आँगनमा साँढेको प्रतिमा, निर्माण अन्तिम चरणमा

सोमबार, कात्तिक ५, २०८१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्राङ्गणमा साँढेको प्रतिमा निर्माण अन्तिम चरणमा पुगेको छ । दुई बर्षअघि नै नेप्सेले वोलपत्र आब्हान गरी साँढेको प्रतिमा निर्माण गर्न गोप्य शिलबन्दी बोलपत्र प्रक्रिया अघि बढाएको थियो । नेप्सेले तयार पारेको स्केच अनुसारको साँढे प्रतिमा निर्माण भइरहेको हो । विश्वभर स्टक मार्केट अगाडी साँढे अर्थात् चार्जिंग बुलको प्रतिमा राख्ने प्रचलन अनुसार नेपालमा पनि यसलाई प्रयोगमा ल्याउन लागिएको नेपाल स्टक एक्सचेन्ज जनाएको छ । नेपालमा पहिलो पटक प्राङगणमा साँढेको प्रतिमा स्थापना भइरहेको हो । केही काम बाँकी रहेकाले उदघाटनको समय तालिका निर्धारण गरिएको छैन । ललितपुरको पाटनका कालीगढले निर्माण गरिरहेको प्रतिमाको उचाई ६ फिट र लम्बाई ८ फिट र तौल ६ टन रहने जनाइएको छ । प्रतिमा निर्माण सकिदा एक करोड ६८ लाख रुपैयाँ बढी रकम खर्च हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जनाएका छन् । उनका अनुसार असोज महिनाभित्रै काम सकिने अनुमान गरिएपनि केही प्राविधिक कठिनाइका कारण प्रतिमा निर्माणमा बढी समय लागेको हो । 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार