मकवानपुरबाट लागुऔषधसहित दुईजना पक्राउ

सोमबार, कात्तिक ५, २०८१

मकवानपुर प्रहरीले १२१ एम्पुल लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका– २ का २५ वर्षीय बुद्धबहादुर डिम्डुङ र हेटौँडा उपमहानगरपालिका– ८, कमानेका २९ वर्षीय नवीन रुम्बा रहेका छन्। मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार उनीहरूलाई प्रहरीले पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ लेबटमा नारायणगढबाट हेटौँडातर्फ आउँदै गर्दा पक्राउ गरेको हो। उनीहरू सवार ना ३३ प ९५७६ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकलचालक डिम्डुङ र पछाडि सवार रुम्बाको साथबाट उक्त परिमाणको लागुऔषध बरामद भएको प्रवक्ता अर्यालले जानकारी दिए। प्रहरी प्रवक्ता आर्यालले उनीहरूको साथबाट ४१ एम्पुल डाइजेपाम, ४१ एम्पुल फेनार्गन र ४० एम्पुल नुर्फिन फेला परेको बताए। दुवैजनालाई मकवानपुर जिल्ला अदालतबाट ४ दिनको म्याद थप भई अनुसन्धान थालिएको उनको भनाइ छ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार