पोखरामा 'हट एयर बेलुन' मा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटक

सोमबार, कात्तिक ५, २०८१

पाेखरा । तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो– हट एयर बेलुन 

पोखरामा सञ्चालित हट एयर बेलुन साहसिक पर्यटनका पारखीको आकर्षण बनेको छ । समुद्र सतहदेखि तीनदेखि चार हजार मिटर उचाइसम्म उड्न सकिने यसबाट पोखरा सहर, फेवाताल, पुम्दीकोट र सराङकोटसँगै फराकिलो हिमशृंखला हेर्न सकिन्छ ।

यस्तै, फिस्टेल, अन्नपूर्ण तथा धौलागिरि हिमशृंखलाहरू तथा विभिन्न तालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदै आएको पोखरा पछिल्लो समय साहसिक खेल पारखीको पनि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको हो ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार