पोखरामा रवि लामिछानेको वयान, पृथ्वीचोकमा प्रदर्शन

सोमबार, कात्तिक ५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ । वयानकैबीच समर्थक र शुभेच्छुकले पोखरामा प्रदर्शन जारी राखेका छन् । समर्थकहरुले पृथ्वीचोकमा प्रदर्शन गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिइरहेका छन् । उनलाई कार्तिक २ गते पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका हुन् । बयान सुरु भएसँगै उनका समर्थकहरुले प्रदर्शन पनि गरिरहेका हुन् । हिजो आइतबार भन्दा आज सोमबार प्रदर्शनकारीको संख्या भने कम छ । उनीबिरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार