यस्ता छन् १०० दिनमा कृषिमन्त्रीले दाबी गरेका ४४ बुँदे प्रगति

सोमबार, कात्तिक ५, २०८१
मयुर प्लाई

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले मन्त्रालयले निर्धारण गरेको लक्ष्य अनुसार नै काम गरेको दाबी गरेका छन् । मन्त्रालयको आन्तरिक व्यवस्थापनका साथै दुग्ध तथा उखु किसानले पाउनु पर्ने रकम उपलब्ध गराउने सहितका काम आफूले गरेको उनको भनाइ छ । नीतिगत सुधारका केही कामहरू पनि थालनी गरेका बताउँदै मन्त्री अधिकारीले भने, ‘आगामी दिनमा सांगठनिक र नीतिगत सुधारमै ध्यान केन्द्रित गरिनेछ ।’ कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि, किसानलाई सहज मल, बिउ र बजारको उपलब्धता, कृषि पेसामा युवालाई आकर्षण गराउँदै आधुनिक कृषि प्रणालीका लागि लगानी अभिवृद्धिका लागि काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री अधिकारीले सय दिनमा ४४ बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन् ।

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार