चिसो बढ्यो

पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना
मंगलबार, कात्तिक ६, २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले मधेश, बाग्मती र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको भइरहेको छ । आज दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
आज राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार