यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८२ पैसा कायम भएको छ । त्यस्तै, आज युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३० पैसा रहेको छ ।  त्यसैगरी, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा रहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ०९:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार