नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनको तयारी

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ । यही कार्तिक ९ देखि ११ गते सम्म ललितपुरको होटल हिमालयमा सम्मेलन हुन लागेको हो । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त सम्मेलन कार्तिक ९ गते शुक्रबार आयोजना हुने जानकारी गराइएको हो । प्राध्यापक, शोधकर्ता, प्राविधिक, शिक्षाविद्, नीति निर्माता, उद्योगी, विद्यार्थीहरुको सम्मेलनमा सहभागिता रहनेछ ।  सम्मेलनको आयोजकका रुपमा नेपाल सामग्री विज्ञान समाज र सह–आयोजकका रुपमा सुदूरपश्चिम विश्वविद्यालय नेपाल एप्लाइड साइंसेज र केमिकल इन्जिनियरिङ विभाग, पुल्चोक क्याम्पस, त्रिभुवन विश्वविद्यालयलगायत छन् । सम्मेलनमा नेपाल, दक्षिण कोरिया, चीन, भारत, जापान, अमेरिका, अष्ट्रेलिया, इजिप्ट, बंगलादेश, थाइल्याण्ड, इन्डोनेसिया, मंगोलिया, फिलिपिन्सलगायतका देशका प्रतिनिधिहरुले सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार