नेपालका राइडर श्रीहरी

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौं । मोटरबाइक राइडर श्रीहरी पौडेल चीनको ताइपेईमा आयोजना भएको एफआईएम एसिया कप अफ सर्किट रेस च्यालेन्जको जीपी-८ प्रतियोगितामा एसियाका उत्कृष्ट राइडरहरुलाई समेत पछि पार्दै उपाधि जित्न सफल भए । ८ आकारको ट्रयाकमा हुने यस प्रतिस्पर्धामा पाँच ल्याप बाइक कुदाउनुपर्थ्यो । जसमा श्रीहरीले ३३.३१० सेकेण्डमा रेस पूरा गर्दै च्याम्पियन बने । जापानिज राइडर मिजुकी तागुचीले ३३.३८० सेकेण्डमा पूरा गरी दोस्रो भए भने घरेलु चाइनिज ताइपेईका पिन हुङ हुयाङले ३३.९७० सेकेण्डमा पूरा गरी तेस्रो भए । उक्त प्रतिस्पर्धामा नेपाल, जापान, चाइनिज ताइपेईसँगै फिलिपिन्स, भारत, श्रीलंका, इरान, सिंगापुर थाइल्याण्ड गरी ९ देशका राइडर सहभागी थिए । श्रीहरीले ८ देशका १० राइडरलाई पछि पारेर पहिलो भएका हुन् । फुटबल, क्रिकेट, भलिबलजस्तो नेपालमा मोटरस्पोर्ट खेल त्यति चर्चित खेलको रुपमा छैन । तर विश्व खेलकुदमा भने टु ह्विलर र फोर ह्विलरको मोटोस्पोर्ट्को ठूलो चर्चा छ । यसमा ठूला कम्पनीहरु समेत जोडिएका छन् । नेपालमा भने यो विस्तारै अघि बढ्दैछ । श्रीहरीको जितपछि अहिले उनको चर्चा नेपालमा बढ्न थालेको छ । विदेशमा पनि नेपाली राइडरले पहिलो स्थान हात पार्दा यो अप्रत्याशित खबर बन्यो । ‘मैले पहिलो पटक जितेकोले बल्ल यसको चर्चा हुँदैछ । पहिला कसैले जितेको थिएन । त्यसैले चर्चा भएन । अब मैले जितेँ । म नै चर्चामा हुन्छु’, अनलाइनखबरसँगको भेटमा श्रीहरीले भने, ‘८ देशका राइडरहरुलाई पछि पार्दै पहिलो हुन सफल भएँ । यो हाम्रो लागि ठूलो उपलब्धी हो ।’ २७ वर्षीय श्रीहरीले चाइनिज ताइपेई जाँदा जित्ने आशा राखेका थिए नै तर नेपाल र बाहिरको ट्रयाक फरक हुँदा चुनौती भने थियो । ‘जित्छु भनेरै गाको हो । तर यहाँको ट्रयाकमा चलाएको र उता फरक थियो,’ श्रीहरीले भने, ‘सबै प्रतिस्पर्धी कठिन थिए । पहिलो राउण्डमा जापानको राइडरले राम्रो गर्‍यो । त्यसपछि मैले राम्रो गरेँ । अन्तिममा मेरो टाइमिङ बेस्ट भयो । टप थ्रीबीच खासै अन्तर छैन ।’ एफआईएफको इन्टरनेसनल क्यालेन्डरमा पहिलो पटक यो इभेन्ट समावेश गरिएको हो । पहिलो इभेन्टमै नेपाल राइडर विजेता बने । ‘मैले जितेपछि नेपालको लागि केही गरेछु जस्तो अनुभव भयो । इतिहासमै पहिलो पटक नेपाली राइडर विजेता बन्यो,’ उनले भने, ‘त्यो समय मैले नेपालको नाम एकदम सम्झिरहेको थिएँ ।’ उनले धेरै मिहिनेतपछि यो उपलब्धी हासिल गरेका छन् । जित्नुअघि उनी कैयौँ पटक लडे । ‘सय पटक भन्दा बढी लडिसकेँ होला । तर हिम्मत हारिनँ । त्यसैको फल होला अहिलेको यो उपलब्धी । लड्दा लड्दा बल्ल जित्न थालेको हो’, उनी भन्छन् । चाइनिज ताइपेईको ट्रयाक पनि धेरै टेक्निकल रहेको श्रीहरीले बताए । ‘मैले चलाएको ट्रयाक धेरै प्राविधिक थियो । बाइक ढल्काउने, ब्रेक लगाउने । सबै त्यही अनुसार गर्नुपर्छ’, भन्छन्, ‘सेकेण्डमै धेरै कुरा सोच्नुपर्छ । ट्रयाकहरु बाइक फेमिलियर भयो भने सजिलो हुन्छ ।’ अब जीपी-८ विधामै श्रीहरीले नोभेम्बरमा फिलिपिन्समा हुने अर्को इभेन्टमा प्रतिस्पर्धा गर्दैछन् । चाइनिज ताइपेईमा गरेको प्रदर्शनले पनि उनलाई त्यहाँ भाग लिनका लागि सहयोग गर्‍यो । त्यस इभेन्टमा पनि राम्रो

 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार