खुर्काेटस्थित सुनकोशीमा बेलिब्रिज जडान भएपछि बिपी राजमार्गमा यातायात सञ्चालन

मंगलबार, कात्तिक ६, २०८१

गत असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाले पुल बगाएपछि अवरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालन भएको छ । नेपाली सेनाले खुर्काेटस्थित सुनकोशीमा बेलिब्रिज जडान सम्पन्न गरेपछि मंगलबारबाट नियमित यातयात सञ्चालन भएको हो। सिन्धुलीको गोलन्जोर गाउँपालिका– ७ र रामेछापको मन्थली नगरपालिका– ६ स्थित खुर्काेटमा बेलिब्रिज जोड्ने काम सम्पन्न भएपछि यातयात सञ्चालन भएको हो । बाढीले  सुनकोशी नदीमाथि रहेको एक सय मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फको ५१ मिटर पुल बगाएपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो । असोज २० गतेबाट प्राविधिकसहित खटिएको नेपाली सेनाको टोलीले अहोरात्र काम गरी कात्तिक  ०५ गते अर्थात् सोमबार बेलिब्रिज जडानको काम सम्पन्न गरेको थियो । बेलिब्रिज जडान गरिसकेपछि सेनाले पुलको भार बहन क्षमतासमेत परीक्षण गरेको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार