प्रतिष्ठानहरुमा एकरुपता हुन जरुरी छ : मन्त्री पाण्डे

मंगलबार, कात्तिक ६, २०८१

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एकरुपता हुन जरुरी रहेको औ+ल्याउनुभएको छ । मङ्गलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो । ‘‘बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति व्यहोर्नुपर्यो । जसका कारण वार्षिक प्रतिवेदन ढिलो गरी प्राप्त भएको हुनुपर्छ ।,’’ मन्त्री पाण्डेले भन्नुभयो, ‘‘कतिपय प्रतिष्ठानहरु नाम मात्रैका छन् । कहीँ कानुनको अभाव त कहीँ भवनहरुको समेत अभाव देखिन्छ । प्रतिष्ठानहरुलाई एकरुपता हुने गरी व्यवस्थित गर्न जरुरी छ ।’’ मन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरुबिच तालमेल नभएको जिकीर गर्नुभयो । उहाँले प्रतिष्ठानको कार्यमा एक रुपता ल्याउनका लागि केन्द्रका प्रतिष्ठानहरुले चिन्ता र चासो लिनुपर्नेमा जोड दिनुभयो । मन्त्री पाण्डेले प्रतिष्ठानलाई सबल र सुदृढीकरणा गर्नका लागि मन्त्रालयले सदैव तत्पर भएको उद्घोष गर्नुभयो । ललितकला प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले गत आव २०८०/०८१ मा सात वटै प्रदेशमा ललितकला प्रदर्शनीहरु गरिएको, प्रदेश प्रदर्शनीमा एक हजार १० कलाकारले विधागत रुपमा सक्रिय रुपमा भाग लिएको, गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेशमा प्राज्ञिक भेलाको सम्पन्न, दाङमा सेरामिक्स हबका रुपमा अघि बढाएको र राष्ट्रिय ललितकला प्रदर्शनी सफलताका साथ सम्पन्न गरिएको बताउनुभयो । साथै ललिकतला प्रष्ठिानमा स्थायी कर्मचारीको अभाव, बजेटको अभाव लगायतका विषयमा समेत प्रतिष्ठानले मन्त्री पाण्डेको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार