भवन निर्माणको दानविरुद्ध बोल्ने नेतालाई ७ दिनभित्र स्पष्टीकरण दिन एमालेले पठायो पत्र

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय भवन दानमा स्वीकार्ने निर्णयविपरीत बोल्ने नेताहरुलाई स्पष्टीकरणपत्र पठाएको छ । महासचिव शंकर पोखरेलले ७ दिनभित्र लिखित जवाफ पेश गर्न स्पष्टीकरण पत्र पठाएका हुन् । आइतबार साँझ बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सचिवालयको निर्णय बमोजिम महासचिव पोखरेलले पार्टीको निर्णय विपरीत टिप्पणी गर्नुको कारण सोधेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार