सुनाकोठीमा श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु

  भृङ्गारेश्वर मन्दिर पुनर्निर्माणसहित धाम निर्माण गर्ने योजना
बुधबार, कात्तिक ७, २०८१

ललितपुर । सुनाकोठीस्थित भृङ्गारेश्वर महादेव मन्दिरको पुनर्निर्माणसहित भृङ्गारेश्वर धाम निर्माण गर्न आयोजना गरिएको श्रीमद्भागवत ज्ञान महायज्ञ कात्तिक ६ गतेबाट शुरु भएको छ । महायज्ञको लतिपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उद्घाट गरे । कथावाचक वाचन प्रवीण पण्डित दीनबन्दु पोखरेलले कथावाचन गरेका छन् । महायज्ञको उद्घाटन गर्नु अघि कलश यात्रा गरिएको थियो । कलश यात्रामा हजारौंका सहभागिता रहेको थियो ।  महायज्ञ उद्घाटन गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले महानगरले संस्कृति, सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेको बताए । 
उनले भने, ‘यो मन्दिर पुनर्निर्माण गर्न दिन मिल्ने सम्म रकम विनियोजन गर्छु, सम्पदा संरक्षणमा एउटा इँटा मात्रै थप्न खोजेको हुँ । ’ पशुपतिनाथ भन्दा पनि प्राचीन भनिएको भृङ्गारेश्वर महादेव मन्दिर पुनर्निर्माणमा लागि १५ करोड लाग्ने अनुमान गरिएको छ । ललितपुर महानगरले पाटन दरबार क्षेत्रमा भीमसेन मन्दिर पुनर्निर्माण गरेको छ । त्यसैगरी देगु तलेजु मन्दिरको पनि पुनर्निर्माण सम्पन्न भइसकेको छ । महानगरले बालकुमारी मन्दिरको पनि पुनर्निर्माण गरेको छ । यसैगरी खोकनामा रहेको रुद्रायणी मन्दिरको पनि पुनर्निर्माण धमाधम भइरहेको छ । 

Kalasha-yatra-1729655549.jpg

गोदावरी नगरका प्रमुख गजेन्द्र महर्जनले सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै भृङ्गारेश्वर महादेव मन्दिर ललितपुर जिल्लाको मात्रै नभई नेपालको नै पहिचान र गौरव भएको बताए । 
वाचन प्रवीण पण्डित दीनबन्दु पोखरेलले मन्दिरको पुनर्निर्माण मात्रै पर्याप्त नभएको बताउँदै भृङ्गारेश्वर  अध्यात्मिक धाम निर्माण आवश्यक भएको बताए । अध्यात्मिक चेतले विवेकशील बनाउने बताउँदै पूर्वीय दर्शनको महत्व संसारभर बढ्दै गएको प्रष्ट पारे । श्री भृङ्गारेश्वर महादेव सुधार तथा बृद्ध सेवा समितिका अध्यक्ष रामचन्द्र महर्जन यो महायज्ञ  सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्पदाको संरक्षण  अभियान भएको बताए । उनले भृङ्गारेश्वर महादेव मन्दिरको ऐतिहासिक पक्षका बारेमा चर्चा गरेका थिए । 
कार्यक्रममा ललितपुरका निर्वतमान सांसद राजकाजी महर्जन, दिनेश महर्जनले ललितपुरको पहिचान सम्पदा र संस्कृति भएको बताउँदै यो धार्मिक पर्यटन प्रबद्र्धनलाई बढावा दिने बताए । कलस यात्रा तथा महायज्ञमा ललितपुर महानगरपालिका वडा नं. २७ का वडाअध्यक्ष कृष्णहरि महर्जन, वडा नं. २६ का वडाअध्यक्ष सुरेश महर्जन, दुवै वडाका  जनप्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो ।महायज्ञ आयोजक संस्थाका उपाध्यक्ष बेली डंगोलले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै भगवानको कृपाले नै महायज्ञ आयोजनाको अवसर जुटेको बताइन् । 
कात्तिक १३ गतेसम्म हुने महायज्ञको आयोजना भृङ्गारेश्वर महादेव मन्दिर सुधार तथा बृद्ध सेवा समितिले आयोजना गरेको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ०९:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार