अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित

बुधबार, कात्तिक ७, २०८१

काठमाडौ । अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको छ । मंगलबार राति नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका ए ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो ।  अमेरिका ए का नितेश रेड्डीले २९ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल २५ ओभर ३ बलमा ८० रनमा अलआउट भयो ।  नेपालका कुशल मल्लले १८, देव खनालले १२, भीम सार्कीले १० रन बनाए । यस्तै अनिलकुमार साह शून्य रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाएन सकेनन् । सबैभन्दा धेरै १८ रन बनाए । अमेरिका ुएु का आरिन नदकर्नीले ४ विकेट लिए । अमेरिकामा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–टु अगाडि नेपाल र अमेरिका ‘ए’ बीच अभ्यास खेल भएको हो ।  अमेरिकामा पर्सि शुक्रवारदेखि कात्तिक १९ गतेसम्म विश्वकप क्रिके लिग–२ अन्तर्गत घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला हुँदैछ । यसअघि अमेरिकासँगको तीन खेलको टी–२० शृङ्खला नेपालले ुक्लिन स्वीपु गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार