बिगो निर्धारण सम्बन्धी निर्देशिका २०८१ जारी

बुधबार, कात्तिक ७, २०८१

काठमाडौं ।  नेपाल सरकारका महान्यायाधिवक्‍ता रमेश बडालले मुलुकी फौजदारी  कार्यविधि संहिता, २०७४ को दफा १९७ को उपदफा १ को खण्ड (क) ले दिएको अधिकार प्रयोग गरी सरकारले निर्देशिका बनाएको बताएका छन् । बुधबार बिगो निर्धारण सम्बन्धी निर्देशिका, २०८१ को प्रारम्भिक मस्यौदा उपर छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले अभियोजन र अनुसन्धानको सन्र्दभमा कुनै कुराको निर्देशिका जारी गर्न परे त्यसको जिम्मेवारी मन्त्री परिषद्ले लिने  बताएका हुन् ।  उनले भने, ‘बिगो निर्धारण सम्बन्धी निर्देशिका २०८१ जारी गरेका छौं । प्रतिवेदन समग्रमा हेर्ने  हो  भने  त्यो वेभसाइटमै  जानुपर्ने हुन्छ ।  २ सय पेज भन्दा बढीको छ । तर अहिले चाँही हामीले निर्देशिका किन तयार गर्नुपर्यो भन्दाखेरी अनुसन्धान र अभियोजनको सन्दर्भमा र कुनै कुराको सन्दर्भमा यो निर्देशिका जारी गर्नुपर्यो भने मन्त्रीपरिषद्लाई त्यो अधिकार छ । यसैका सन्दर्भमा मुलुकी  फौजदारी  कार्यविधि संहिता, २०७४ को दफा १९७ को उपदफा १ को खण्ड (क) अधिकार प्रयोग गरेर हामीले यो जारी गर्न खोजेका हौं ।’ 

Photo-(5)-(10)-1729686934.jpg
Photo-(6)-(9)-1729686932.jpg
 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार