सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर । ललितपुर महानगरपालिकाले छिमेकी ६ वटा पालिकालाई साँढे तीन करोड राहत सहायता रकम दिने भएको छ । ललितपुर महानगरको बुधबार बसेको कार्यपालिका बैठकले ललितपुर जिल्लाका गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, बागमती गाउँपालिका, महाङ्काल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका तथा काठमाडौं जिल्लाको दक्षिणकाली नगरपालिकालाई सहायता रकम उपलव्ध गराउने निर्णय गरेको हो । कार्यपालिका बैठकले गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, बागमती गाउँपालिका , महाङ्काल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिकालाई ५०-५० लाख दिने निर्णय गरेको हो । त्यसैगरी बैठकले दक्षिणकाली नगरपालिकालाई एक करोड दिने निर्णय गरेको छ । असोजको दोस्रो साता गएको बाढी पहिरोबाट यी पालिकामा धेरै जनधनको क्षति भएको । भौतिक पूर्वाधार भत्किएका छन् । पानीको मुहानमा अवरोध पुगेको छ । पानीको पाइप भाँचिएका, परिएका र थिचिएका छन् । ललितपुर महानगरद्धारा जारी विज्ञप्तिमा भनिएको छ , ‘विपद व्यवस्थापनमा सहयोग पुगोस् भनेर सहयोग गरेका हौं । ’ ललितपुरको दक्षिण भेगमा अवस्थित गोदावरी नगरपालिका, महाङ्काल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिकालाई संघीय सरकारले विपद् संकटग्रस्त पालिका घोषणा गरेको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनले अभिभावकत्व ग्रहण गर्र्दै अप्ठ्यरो परेको बेलामा सहयोग गरेको बताए । उनले भने, ‘यो सहयोगले बिग्रिएका, भत्किएका संरचना पुनर्निर्माण गर्न र जनजीवन सहज बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।’