रास्वपाका गतिविधि असामाजिक, अमर्यादित र अवान्छित : लोसपा

बुधबार, कात्तिक ७, २०८१

काठमाडौं । सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले रास्वपाका तर्फबाट भइरहेको गतिविधिको आलोचना गरेको छ । उक्त पार्टीले रास्वपाबाट असामाजिक, अमर्यादित र अवान्छित गतिविधि भइरहेको जनाएको छ । रास्वपाका सांसदको समेत सहभागितामा तयार गरिएको संसदीय समितिको प्रतिवेदनको कार्यान्वयनलाई अहिले बाधा गर्न खोज्ने कु चेष्टाले राष्ट्रको आम अनुशासन नै प्रभावित हुने लोसपाले ठहर गरेको छ । पार्टी प्रवक्ता आभास लाभद्वारा जारी वक्तव्यमा कुनै पनि फैजारी अभियोग विरूद्व न्याय निरुपण गर्न गराउन सबै नागरिकको कर्तव्य र दायित्व रहेको भन्दै राजनीतिक दल, संघरसंस्था, सरकारी निकाय, संचार जगत एवं आम नागरिकले निष्पक्ष रूपमा लाग्नु पर्ने राष्ट्रिय सार्वभौमिक अपरिहार्यता भनिएको छ । न्यायीक संरचनालाई निस्तेज र कुण्ठित बनाउने र राष्ट्र सेवकलाई कानून बमोजिम तोकिएको काम गर्न नदिने वा कर्तव्य पालना गर्न निरूत्साहित गर्ने तथा भयक्रान्त तुल्याउन गरिएका असमाजिक गतिविधिलाई रोक्न लोसपाले सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ । सरकारले त्यस्तो गतिविधि नियन्त्रित गरी स्वच्छ र निष्पक्ष न्याय निरूपणको वातावरण तयार पार्नुपर्ने वक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  २१:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार