नख्खुका बाढी पीडितलाई सोवरस एक्सनको राहत (भिडियो) 

बिहीबार, कात्तिक ८, २०८१

तिखिदेवल (ललितपुर) । ललितपुर महानगरपालिका १४ नं. वडा कार्यालय तिखिदेवलको संयोजनमा असोज दोस्रो साता आएको बाढी–पहिरो प्रभावित २५ घर परिवारलाई राहत सामग्री वितरण गरिएको छ । वडा कार्यालयको प्राङ्गणमा सोवरस एक्सन हङकङ चीनको सहयोगमा सोवरस एक्सन नेपालले ती राहत सामग्री बाढीबाट पूर्ण क्षति बेहोरेका घर परिवारलाई वितरण गरेको हो । उक्त कार्यमा हण्ड्रेड ग्रुपले सहयोग गरेको हो । बाढी प्रभावितलाई एउटा ब्ल्याङकेट, २५ केजीको एक बोरा चामल, दाल, चिनी, साबुन, मञ्जन, ब्रस, एटटा सोलार लाइट, बाल्टी, तेलसहितका दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरिएको छ । राहत वितरण कार्यको ललितपुर महानगर १४ नं. वडाका वडाअध्यक्ष अमृत जंग महतले शुभारम्भ गनुभएको थियो । राहत वितरणअघि आयोजित संक्षिप्त कार्यक्रममा वडाअध्यक्ष महतले वडा कार्यालयले बाढी प्रभावितको जीवन यापनमा सहजहोस् भनेर विभिन्न संघ संस्थाले उपलब्ध गराएको राहत सामग्री बेला बेलामा वितरण गरिरहेको जानकारी दिँदै दुख परेका बेला थोरै भए पनि मल्हम लगाउन क्रियाशील संघ संस्थाहरूलाई धन्यवाद दिनुभयो ।  उहाँले आज राहत सामग्री लिने विपद् पीडितहरुले भविष्यमा अरुलाई पनि समस्या पर्दा आफूले सक्दो सहयोग गर्ने संस्कार  विकास गर्न जरुरी रहेकोमा जोड दिनुभयो । यो संस्थाले लललितपुरको गोदावरी नगरपालिका वडा नं ६ मा ५३ घर परिवारलाई राहत वितरण गरेको छ । यस्तै केही समय अघि मात्रै काभ्रेको पनौती नगरपालिका वडा नं. ११ र १२ का ३१९ घर परिवारलाई राहत वितरण गरिएको अध्यक्ष शेर्पाले शब्दपाटीलाई जानकारी दिनुभयो ।  सोवरस एक्सन नेपालका अध्यक्ष पासाङ वाङदी शेर्पाले गत असोजको बाढीका कारण पूण क्षति भएका ललितपुर महानगरपालिका १४ नं वडाका बाढी पीडितलाई राहत वितरण गरिएको जानकारी दिनुभयो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार