पुष्प व्यवसायलाई प्रर्वद्घन गर्न मन्त्री श्रेष्ठको जोड (भिडियो)

बिहीबार, कात्तिक ८, २०८१

काठमाडौं ।  बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले बागमती प्रदेश सरकारले पुष्प व्यवसायलाई प्रर्वद्घन गर्नका लागि विशेष कार्यक्रम ल्याँउन लागिएको बताएका छन् । १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ को समुद्घाटन गर्दै मन्त्री श्रेष्ठले कसरी पुष्प व्यवसायलाई अगाडि बढाउन सकिन्छ त्यो अनुसार अगाडि  बढ्नुपर्ने बताएका हुन् । उनले भने, ‘कृषि  क्षेत्रको विकास  र प्रर्वद्घनमा विशेष गरी  पुष्प व्यवसायलाई प्रर्वद्घन कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले पुष्प व्यवसायीलाई  प्राथमिकतामा राखेर एउटा विशेष कार्यक्रम ल्याँउन लागेका छौंै । बागमती प्रदेश सरकार मातहतमा रहेका हाम्रो कार्यालयहरुसँग समन्वय गरेर कृषि क्षेत्रको विकास र प्रर्वद्घनमा विशेष गरी पुष्प व्यवसायी खेतीको  लागि प्रर्वद्घन कसरी गर्न सकिन्छ भन्ने उदेश्यले काम अगाडि बढाउने क्रममा छौं ।’ साथै उनले पुष्प व्यवसायको विकासमा तीनै तहका सरकारले जोड दिनुपर्ने बताए  । उनले संघियतामा मुलुक गैइसके पछाडि पुष्प व्यवसायी र सरकारबीच समन्वयको अभाव भएको बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार