स्नेहाज केयरसँगको सहकार्यमा जनावरलाई ललितपुर महानगरको राहत 

शनिबार, कात्तिक १०, २०८१

ललितपुर । स्नेहाज केयरले ललितपुर महानगरसँग सहकार्य गरी असोज दोस्रो साता परेको अविरल वर्षापछि आएको बाढीमा परेर घाइते र बिरामी भएका चौपायाका लागि राहत वितरण गरेको छ ।   स्नेहाज केयर र ललितपुर महानगरले दाना, टेन्ट र चौपायाको प्राथमिक उपचारका लागि प्रयोग हुने औषिधहरु राखिएको फस्ट एड किट चौपाया धनीलाई वितरण गरेको हो ।   महानगरको वडा नंं. २१ र वडा नंं. १८ मा रहेको गाई, भैँसी गोठमा पुगेर राहत वितरण गरिएको थियो ।  स्नेहाज कयेरकी संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठले चौपाया पालेका कृषिलाई सहज होस् भनेर राहतको वितरण गरेको बताइन् । उनले भनिन् , ‘ मानवअधिकार जतिकै महत्वपूर्ण हो जनावरको अधिकार , त्यसै यो व्यवस्था गरेका हौँ । ’ बिरामी र घाइते भएका चौपायाका लागि उपलब्ध गराएको राहतले कृषकलाई केही सहज हुने बताइन् । 

viber_image_2024-10-26_06-27-25-876-1729909373.jpg

ललितपुर ललितपुर महानगर पशु सेवा शाखाका अधिकृत शंकर सिंहले महानगरले लामो समयदेखि पशु अधिकारका लागि काम गर्दै आएको संस्था स्नेहाज केयरसँग सहकार्य गर्न राहत बाड्दा सहज भएको जिकिर गरे ।  महानगरले बाढी र पहिरोका कारण प्रभावित भएका चौपायाको प्रारम्भिक तथ्यांक संकलन गरेको बताए । उनले भने, ‘ पानी पर्न रोकिएपछि नै हामी तथ्यांक संकलन र अवस्था बुझ्नका लागि फिल्डमा छौँ । ’ 
महानगरमा कार्यरत पशु चिकित्सक डा. रामचन्द्र संंजेलले जनावरका लागि दिइएको फस्ट एड बक्समा राखिएको औषधि प्रगोगका बारेमा जानकारी दिएका थिए । 
शुक्रवार महानगरको वडा नंं. २१ र १८ का १३ परिवारका चौपायालाई राहत वितरण गरिएको थियो । हालसम्म संकलित प्राप्त तथ्यांक अनुसार ४७ परिवारका दुई हजार २ सय ५१ चौपाया बाढीबाट प्रभावति भएका छन् । जसमध्ये १५ सय ३७ मृत्यु भएको छ । जीवित ७१४ का लागि विभिन्न तरिकाले सहयोग गर्ने तयारी भएको राहत वितरणमा संलग्न संस्थाहरुले जनाएका छन् । 

viber_image_2024-10-26_06-27-26-216-1729909375.jpg
राहत वितरण गर्नु अघि बिरामी र घाइते चौपायाको उपचार गरिएको थियो । बगाएर ल्याएका चौपाया संकलन, तिनको व्यवस्थापन लगायतको काममा स्नेहाज केयरले सक्रिय रुपमा काम गरेको स्थानीयहरु बताउँछन् । कार्यक्रममा उपलब्ध गराइएको तथ्यांक अनुसार ललितपुर महानगरको वडा नंं. १८, २१, २२, २४, २५, २६, २७ र २९ गरी आठ वटा वडामा चौपायाको क्षति धेरै भएको छ ।

viber_image_2024-10-26_06-27-25-500-1729909372.jpg
rahat-11-1729909366.jpg
rahat-4-1729909364.jpg
rahat-1-1729909363.jpg
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार