दीप नेपालद्वारा ठोरीका ३४ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण 

शनिबार, कात्तिक १०, २०८१

ठोरी । दीप नेपाल नामक संस्थाद्वारा ठोरी गाउ पालिका ४ नं. वडास्थित  श्री ने.रा.आ. विद्यालय निर्मलबस्तीका ३४ जना असहाय तथा विपन्न बालबालिकाहरुलाई विधालय पोशाक तथा जुत्ता वितरण गरिएको छ ।  विद्यालयमा हिजो आयोजित एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत असहाय तथा विपन्न परिवारका ३४ जना विद्यार्थीलाई दिप नेपालले विद्यालय पोशक तथा जुत्ता प्रदान गरेको विद्यालयका प्रधानाध्यापक गोपिलाल श्रेष्ठले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुब्बालाल दोङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले दिप नेपाललाई धन्यवाद दिंदै आगामी दिनहरुमा पनि यस्ता प्रोत्साहनमूलक कार्यक्रम गर्न आग्रह गरे । 

WhatsApp-Image-2024-10-25-at-18.28.42-1729899141.jpeg
अध्यक्ष श्रेष्ठले ठोरीमा शिक्षालाई निःशुल्क गरिएको र शिक्षा क्षेत्र सुधारका अनेक प्रयासहरु भइ रहेको बताउँदै आगामी केही वर्ष भित्रमा ठोरीको शिक्षामा आमूल परिवर्तन हुने विस्वास व्यक्त गरे । कार्यक्रममा दिप नेपालका अध्यक्ष विष्णु सापकोटाले  मन्तव्य दिंदै संस्थाको उद्देश्य र औचित्यबारे जानकारी गराएका थिए ।  कार्यक्रममा वडाध्यक्ष मान बहादुर थिङले मन्तव्य राखेका थिए । कार्यक्रममा  शिक्षक अभिभावक संघ अध्यक्ष रिमा श्रेष्ठ, समाजसेवी तथा ने का ठोरीक सचिव भक्त बहादुर श्रेष्ठ ,निर्मल उ स का अध्यक्ष चिन बहादुर श्रेष्ठ, पूर्व वि व्य स अध्यक्ष लक्का लाल गोले, बिजयबस्ती प्रहरी चौकी इन्चार्ज, वि व्य स सदस्यहरु,शिक्षक अभिभावक संघ सदस्यहरु, अभिभावकहरु, शिक्षक तथा विद्यार्थीहरुको  सहभागिता रहेको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक श्रेष्ठले राखेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक आशाकाजी गोलेले गरेका थिए । दीप नेपालले विपन्न बालबालिकाहरुलाई केही वर्षयता देखि न्यानो कपडा, विद्यालय पोशाक, शैक्षिक सामग्री वितरण गर्दै आएको अध्यक्ष सापकोटाले जानकारी दिए । 

WhatsApp-Image-2024-10-25-at-18.54.36-1729899139.jpeg
WhatsApp-Image-2024-10-25-at-18.29.48-1729899141.jpeg
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार