साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिड्ने 

सोमबार, कात्तिक १२, २०८१

काठमाडौं । टाइब्रेकरमा भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइन्लमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको दोस्रो सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।  नेपालको जितमा सावित्रा भण्डारी, गिता राना, सविता रानामगर, अमिसा कार्कीको प्रहार सफल भयो ।  भारतकी मनिषा, के पुरुषोत्तमको प्रहार सफल हुँदा कप्तान आसालता र रञ्जना चानुको पेनाल्टी प्रहारमा चुके ।  त्यसअघि निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । नेपालले अब उपाधिका लागि बंगालदेशसँग भिड्नेछ। आइतबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो । यसअघिका चार संस्करणमा उपाधिका लागि भिडेका यी दुई टोली लगातार दोस्रोपटक सेमिफाइनलमा आमनेसामने भएका थिए ।

Photos-(5)-1730077755.jpg
Photos-(8)-1730077754.jpg
 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  ०६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार