प्रधानमन्त्री राज्य व्यवस्था समितिको बैठकमा नजाने, गृहमन्त्री सहभागी हुने

सोमबार, कात्तिक १२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी नहुने भएका छन् । आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । सोही विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो । प्रधानमन्त्री सहभागी नहुने भए पनि गृहमन्त्री लेखक भने बैठकमा सहभागी हुने समितिले जनाएको छ । बैठक मध्याह्न सवा १२ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मान अधिकार समितिको सभाकक्षमा बस्दैछ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार