सिन्धुपाल्चोकका क्रसर उद्योग अनुगमन गर्दै प्रशासन

बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ?
मंगलबार, कात्तिक १३, २०८१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको स्थलगत अनुगमन सुरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, उपप्रमुख पदमनाथ नेपाल,  प्रमुख जिल्ला अधिकारी किरण थापा,  जिल्ला प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख राजन प्रजापती, सशस्त्र प्रहरी बलका प्रमुख राजेश्वर खनाल,  उद्योग तथा वाणीज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल, कोष तथा लेखा नियन्त्रक कार्यालयका  प्रकाश  आचार्य , जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका निमित्त जिल्ला समन्वय अधिकारी दीपा प्रधान,  इन्जिनियर प्रशान्त अधिकारी, जिसस सचिबालयका प्रेमकुमार दङ्गाल, लोकप्रिय नेत्रज्योती सञ्चार समूहका प्रवन्ध निर्देशक नेत्रबहादुर बस्नेत सम्मिलित उच्चस्तरीय सरकारी टोलीले सोमबार चौतारा साँगाचोकगढी नगरपालिका–११ मा सञ्चालनमा आएका  क्रसर उद्योगहरूको स्थलगत अनुगमन गरेको हो ।  अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले चौतारा साँगाचोकगढी नगरपालिका–११ मा मात्र होइन जिल्लाका सबै सञ्चालनमा आएका क्रसर उद्योग, क्रसर उद्योग सञ्चालकले आसपासका खोलामा अनुगमन गरिने र अबैध रुपमा भएको उत्खननलगायतका बारेमा स्थलगत अनुगमन गरी आवश्यक कानुनी कारबाही गरिने बताए । जिल्ला सम्मन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले  हरेक पटक सम्झाउँदा पनि अटेर गरी गत बर्षको स्टक सामानहरु समेत नदेखाएकाले  क्रसर उद्योगहरूमाथि स्थmगत अनुगमन गरी कानुन विपरीत गर्नेलाई कारवाहीको दयरामा ल्याउँने  बताए ।

Photo-(1)-1730167622.jpg

उनले मापदण्ड विपरीत सञ्चालन गरिएका क्रसर उद्योगलाई कानुनको दायरामा ल्याउन स्थलगत अनुगमन सुरु गरिएको  स्पष्ट पार्दै  प्रक्रिया मिचेर सञ्चालन गरिएका क्रसर उद्योगलाई कारबाही हुने समेत बताए । 
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगका बारेमा व्यापक गुनासो आएकाले उच्चस्तरीय टोलीले अनुगमन थालेको बताए । उनले कतिपय क्रसर उद्योग सडकदेखि पाँच सय मिटरको दूरीभित्रै सञ्चालनमा ल्याइएको अवस्थामा फेला परेकाले त्यस्ता क्रसर उद्योगका बारेमा अब छिट्टै स्थानीय प्रशासनले प्रक्रिया थाल्ने बताए । 
सिन्धु स्टोन एण्ड कन्ट्रक्सन, श्री कालिञ्चोक भगवती एग्रीगेट इन्डस्ट्रिज प्रालि,  बनदेउ क्रसर उद्योग र बच्छलादेवी एग्रीगेट क्रसर उद्योगहरूमा गरिएको अनुगमनका क्रममा अबैध रुपमा उत्खनन गरिएको बालुवासहित टिपर आवश्यक कारबाहीका लागि नियन्त्रणमा ल्इिएको छ भने बच्छलादेवी एग्रीगेटका सञ्चालक इन्द्रराज गिरीले नदीबाट बालुवा निकाल्नका लागि २ ड्रम डिजेल समेत नदीमा लगेको र अनुगमनका क्रममा स्काइभेटरलाई कुनामा नदेख्ने गरी लुकाइएको भिडियो र फोटो खिचेपछि फोटो नखिच्न र भिडियो नबाउँन भन्दै  पत्रकार नेत्र बस्नेतमाथि अभद्र व्यबाहार समेत गरेका थिए । अनुगमनका क्रममा अरु क्रसरका व्यवसायीहरूले नियमानुसार कार्य गर्ने प्रतिबद्धता जनाएपनि बछलादेवीका सञ्चालक गिरीले भने नगरपालिकाको लापारबाहीका कारण ठेक्का नलागेको, आफुले बुझाउँन पर्ने कर समेत नगरपालिकाले बुझ्न नमानेको बताउँदै खोलामा लुकाई राखेको स्काइभेटर र डिजेल नगरपालिकाको भएको बताए । खोलाको अनुगमन गर्न पर्दैन भन्दै गिरीले बिभिन्न बाहाना बनाई अल्मल्याउँन खोजेपछि प्रजिअ र प्रहरी प्रमुखसहित खोलामा स्थलगत अनुगमन गर्न गएपछि गिरी आक्रोसित बनेका थिए ।

Photo-(2)-1730167622.jpg
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार