सरकारद्धारा भूमि समस्या समाधान आयोग गठन

हरिप्रसाद रिजालको नेतृत्वमा ८ सदस्यीय 
बुधबार, कात्तिक १४, २०८१

काठमाडौँ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको छ। भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ बमोजिम भूमि समस्या समाधान आयोग गठन गरिएको हो ।  तीन वर्षको कार्यकाल रहने गरी ८ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरिएको हो । भूमि समस्या समाधान आयोगका अध्यक्ष प्युठानका हरिप्रसाद रिजाल रहेका छन् । उनी प्युठानको नौबहिनी गाउँपालिका वडा नम्बर ६ का बासिन्दा हुन् । उपाध्यक्षमा सनतकुमार कार्की नियुक्त भएका छन् । उनी भेरी नगरपालिका वडा नम्बर ४ जाजरकोटका बासिन्दा हुन् । सदस्यहरूमा गुञ्जनबहादुर खड्का, बर्दिवास नगरपालिका वडा नम्बर २, महोत्तरीका  अनिलकृष्ण प्रसाईं, गौरादह नगरपालिका वडा नम्बर ६, झापाका विज्ञ सदस्य डा. जगतबहादुर बस्नेत, मेलम्ची नगरपालिका वडा नम्बर ६, सिन्धुपाल्चोक र टेकबहादुर शाह, धनगढी नगरपालिका वडा नम्बर ५, कैलाली रहेका छन् । गोवर्द्धन कोली, महाकाली नगरपालिका वडा नम्बर ७, दार्चुला दलित सदस्य रहेका छन् भने महिला सदस्यमा भिमाद नगरपालिका वडा नम्बर ७ तनहुँकी आरती भण्डारी रहेकी छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ०४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार