निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत पक्ष र सरकारबीच सहमति

दुई महिनादेखि जारी आन्दोलन स्थगित
बुधबार, कात्तिक १४, २०८१

काठमाडौं । निर्मला कुर्मीको हत्यामा संलग्न लगायतलाई कारबाहीको माग गर्दै आन्दोलनरत रुबी खान नेतृत्वको आन्दोलनकारी समूह र गृह मन्त्रालयबीच तीन बुँदे सहमति भएको छ । सहमतिसँगै खानको समूहले साढे दुई महिनादेखि निरन्तर जारी राखेको आन्दोलन स्थगित गरेको छ ।
सहमतिअनुसार निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित अनुसन्धान सम्बन्धमा गृह मन्त्रालय र आन्दोलनरत पक्षबीच २०८१ असार १० गते भएको सहमतिको बुँदा नं। १ बमोजिम शीघ्र निरुपण गर्न नेपाल प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने उल्लेख छ । त्यस्तै विगतमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूलाई थप अनुसन्धानका लागि आवश्यकताअनुसार प्रहरी प्रधान कार्यालयले तत्काल काजमा खटाउने पनि सहमतिमा उल्लेख छ ।

Mahila-1730243612.jpg
निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीको विषयलाई लिएर खानको समूह गत साउन २५ गतेदेखि आन्दोलनरत थियो ।
सहमतिमा आन्दोलनरत पक्ष र उनीहरुको परिवारको सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय बाँकेलाई लेखी पठाउने पनि उल्लेख छ । सहमतिपत्रमा नेपाल सरकारका तर्फबाट गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र आन्दोलनरत पक्षबाट रुबी खानले हस्ताक्षर गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारी, विजयबाबु शिवाकोटी, मोहम्मद शेर वागवान, बसन्त रन्जितकार र मनकुमारी गुरतालको रोहवरमा हस्ताक्षर भएको थियो ।

rubi-khan-1730243616.jpg
 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ०५:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार