बाढी पहिरो पीडित परिवारलाई नेपाली काङ्ग्रेस ललितपुरद्वारा नगद राहत 

बुधबार, कात्तिक १४, २०८१

ललितपुर । गत असोज ११ र १२ गते आएको बाढी पहिरोमा परी ज्यान गुमाएका बाढी पहिरो पीडित परिवारलाई नेपाली काङ्ग्रेस ललितपुरले नगद राहत प्रदान गरेको छ । ललितपुरका छवटौ पालिका बाढी र पहिरोबाट नराम्ररी क्षति भएको छन् । बाढी पहिरोका कारण ती पालिकामा ४६ जनाको ज्यान गएको तथ्यांक छ । बाढी पहिरोका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई पूर्व प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले उनीहरूलाई जनही २५ हजारका दरले नगद राहत वितरण गरेका हुन् ।  

Nekala-1730247008.jpg
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतको सहयोग तथा संयोजनमा सिन्धुपाचोक जिल्लाका बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका र त्रिपुरा सुन्दरी गाउँपालिकाले नगद सहयोग गरेका थिए ।  नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा विपद व्यवस्थापन कोषमा संकलित रकम २ लाख १५ हजार बागमती गाउँपालिका वडा नम्बर ६ आश्रमको सुकुम्बासी बस्तीका पीडित परिवारलाई दिने निर्णय गरेको छ । उक्त स्थानमा बागमती नदीले कटान गर्दा सुकुम्बासी बस्तीका १० घर बगाएको थियो । 

neka-l-1730247007.jpg
सरकारले ललितपुरका गोदावरी नगरपालिका, महाङ्काल गाउँपालिका कोन्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।  बाढी पहिरोका कारण महालक्ष्मी नगरपालिकामा पनि ठूलो धनजनको क्षति भएकाले महालक्ष्मी नगरपालिकालाई पनि संकटग्रस्त क्षेत्र घोषणा गर्न नेपाली कांग्रेस ललितपुरले माग समेत गरेको छ। बाढीपहिरोबाट मृत्यु भएका देशभरका २५० जनाका आफन्तजन मध्ये पहिलो चरणअन्तर्गत ललितपुरका ४६ जनाका परिवारलाई जनही २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको हो ।

nk-1730247000.jpg
nekam-1730246996.jpg
moha-1730246994.jpg
 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ०५:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार