साफ वुमेन्स च्याम्पियनसिप फाइनलमा नेपाल र बंगलादेश १-१ को बराबरीमा

बुधबार, कात्तिक १४, २०८१

काठमाडौं । साफ वुमेन्स च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल र बंगलादेश १र१ को बराबरीमा खेलिरहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशका लागि मोनिका चक्काले ५३ औं मिनेटमा गोल गरेकी हुन् । त्यसको तीन मिनेटमा अमिशा कार्कीले गोल गर्दै बराबरीमा ल्याएकी हुन् । पाँचपल्ट साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेलिसकेको नेपाल पहिलो पटक उपाधि जित्ने दौडमा छ । खेलमा घरेलु टोली निलो र बंगलादेश रातो जर्सीमा छ ।
दुई टोलीबीच हालसम्म भएका १२ मध्ये ६ खेलमा नेपाल विजयी छ भने १ खेल बंगलादेशले जितेको छ । ५ खेल भने बराबरीमा टुंगिएको छ । दशरथ रंगशालामै मात्र नेपाल र बंगलादेश तीनपल्ट भिडेका छन् । यसमा दुवै टिमले एकरएक जित निकालेका छन् भने एक खेल बराबरीमा टुंगिएको छ । नेपालले यसअघि बंगलादेशविरुद्ध सन् २०२३ को हाङचाउ एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार