प्रहरीको कुकुर पूजा (फोटो फिचर)

बिहीबार, कात्तिक १५, २०८१

462536904_1683120765582973_1532026441495807579_n-1730370116.jpg
काठमाडौं । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज बिहीबार इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा लागू औषध, अपराधीको खोजी र विपद् व्यवस्थापनसम्बन्धी काम गर्ने कुकुरहरू छन् । कुकुरलाई टीका र माला लगाइ दिएपछि मीठा परिकार दिएर पूजा गरी कुकुर तिहार मनाइएको थियो । कार्यक्रममा कुकुरबाट विभिन्न कला प्रस्तुत गरेको थियो । प्रहरीले प्रत्येक वर्ष यसरी नै कुकुर तिहार मनाउँदै आएको छ । कला प्रदर्शन तथा प्रतियोगितामा भाग लिई पहिलो, दोस्रो स्थान हासिल गर्ने कुकुरलाई पदक फूलमाला लगाई सम्मान गरेको थियो ।

462545587_531733059671767_597441329732013630_n-1730370114.jpg
462559078_1225213818745995_1867971002362173974_n-1730370113.jpg
462542397_1752413398946155_8708041426570730276_n-1730370107.jpg
462545854_2606292086226131_5227151377612060439_n-1730370106.jpg
462538059_1527936017859041_9146397012558756641_n-1730370100.jpg
462542434_1072680457741179_8306190887744275787_n-1730370095.jpg
462540696_588527866930761_3821970721446617820_n-1730370094.jpg
462538203_779896494262163_4286378785548193925_n-1730370093.jpg
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार