प्रचण्ड निवास खुमलटारमा देउसी–भैलो

बिहीबार, कात्तिक १५, २०८१

काठमाडौं । राष्ट्रिय लोक संगीतकर्मी नेपालले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेर देउसी–भैलो खेलेको छ ।   लोक संस्कृतिको संरक्षण र प्रचार प्रसार गरी शान्ती, प्रेस स्वतन्त्रता, र पत्रकारको हकहितको संरक्षण गर्ने उद्देश्यले शीर्ष नेताहरुको घरमा देउसी–भैलो कार्यक्रम तय भएअनुसार प्रधानमन्त्री निवासमा देउसी खेलिएको हो ।  देउसी–भैलाको कार्यक्रममा प्रधानमन्त्री निवास बालकोट, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर र कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठमा देउसी–भैलो खेल्ने कार्यक्रम रहेको बताइएको छ । 

Photo-(17)-(2)-1730370651.jpg
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार