सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा पूर्व विजेता इङ्ग्ल्याण्डलाई ६ ले पराजित गरेको छ । ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाई पूरा ग¥यो । नेपाली टोलीका कप्तान सन्दीप जोराले १२ बलमा ४ चौका र ६ छक्काको सहयोगमा ५० रनले बनाए । लोकेश बमले ११ बलमा १ चौका र २ छक्काको सहयोगमा नट आउट २० रन बनाए । ५० रन बनाउँदै कप्तान सन्दीप रिटार्यट आउट भए पछि राशिद खान क्रिजमा आएका थिए । राशिद खानले ५ बलमा २ चौका र २ छक्काको सहयोगमा नट आउट २१ रन जोडे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्याण्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो । कप्तान रवि भोपाराले १२ बलमा १ चौका र ७ छक्कको सहयोगमा नट आउट ४९ रन जोडे ।
स्मिथ पटेलले १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा नट आउट ३९ रन बनाए । नेपालका प्रतिश जिसीले २ ओभरमा १८ रन खर्चिएर २ विकेट लिए । नारायण जोशी, लोकेश बम र विवेक यादवको नाममा समान १ विकेट रह्यो । समूह ‘बी’ मा अर्को टोली अस्ट्रेलिया छ । नेपालले शनिवार अस्ट्रेलियासँग खेल्नेछ। प्रतियोगितामा सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ छन् । समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह ‘डी’ मा श्रीलंका, बंगलादेश र ओमान छन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् ।