कांग्रेस युवा नेताले मेचीमहाकाली युवा संकल्प यात्रा गर्ने

शुक्रबार, कात्तिक १६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको नेतृत्वमा मेचीमहाकाली युवा संकल्प यात्रा हुने भएको छ । कात्तिक २३ गते झापाको मेचीनगरबाट सुरु हुने यात्रा मंसिर ४ गते महेन्द्रनगरमा पुगेर समापन हुने छ । संकल्प यात्राका दौरानमा तराईका सबै जिल्लामा मुख्य कार्यक्रम आयोजना गरिने शाहीले जानकारी दिए । ‘यात्रा कांग्रेसका युवा नेताहरुको सामुहिक प्रयास हो । यस यात्राले देशभरका युवाहरुलाई लोकतन्त्र, विधिको शासन, युवाको हकहित र जनअधिकारका पक्षमा ऐक्यवद्धता जनाउँदै समृद्ध नेपाल निर्माणका लागि उद्यमशील बन्न प्रेरित समेत गर्नेछ,’ नेता शाहीले भने,‘यात्राले लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्धन, दण्डहीनताको अन्त्य, भ्रष्टाचारको उन्मुलन, सुशासन,  युवा उद्यमशीलताको प्रवर्धन र राष्ट्र निर्माणको नेतृत्वका लागि युवालाई प्रोत्साहित गर्नेछ ।’ यात्राका दौरान कोशी प्रदेशको मेचीनगरदखि सुदूरपश्चिमको महेन्द्रनगरसम्मका युवाहरुसँग समसायिक राजनीति, भ्रष्टाचार नियन्त्रण, सुशासन, नवप्रवर्तन र उद्यमशीलताका विषयमा छलफल र अन्तरक्रिया गरिने पनि उनले जानकारी दिए । यात्राको प्रारम्भिक कार्यतालिका अनुसार २३ गते मेचीनगर, २४ गते इटहरी–मोरङ र सुनसरी, २५ गते लाहान (सप्तरी र सिराहा), २६ गते जनकपुर (धनुषा र महोत्तरी) २७ गते चपुर (सर्लाही रौतहट), २८ गते वीरगन्ज(बारा र पर्सा), २९ गते भरतपुर (मकवानपुर, चितवन र नवलपुर), ३० गते वुटवल (नवलपरासी,  रूपन्देही र कपिलबस्तु)मा अन्तरक्रिया गरिने निश्चित भइसकेको आयोजकको भनाइछ ।  त्यस्तै, मङ्सिर १ गते लमही, दाङ, २ गते विरेन्द्रनगर, सुर्खेत, ३ गते कोहलपुर (बाँके र बर्दिया), ४ गते महेन्द्रनगर (कैलाली र कञ्चनपुर)मा संकल्प यात्रा हुने जनाइएको छ ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार