चाडपर्वले राष्ट्रिय एकतालाई बलियोसँग जोड्ने काम गरेको छ  : जसपा प्रचार विभाग प्रमुख 

शुक्रबार, कात्तिक १६, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले चाडपर्वले राष्ट्रिय एकतालाई बलियोसँग जोड्ने काम गरेको बताएका छन् ।  दिपावली, छठ, नेपाल सम्बत्लगायतका चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले विविधतामा एकतालाई जीवन्त बनाउन चाडबाडले विशेष भूमिका खेल्ने गरेको बताएका हुन् । प्रमुख बस्नेतले चाडबाडहरु साँस्कृतिक, धार्मिक र मौसमी प्रकृतिका हुने भन्दै दैनन्दिनको कार्यबाट विश्राम लिई भेटघाट, मनोरञ्जन, खानपिन र सम्बन्धलाई पुनर्ताजगी गर्ने काम गर्नुका साथै चाडबाडले साझा मूल्य, मान्यता र संस्कारको संरक्षण तथा सम्बद्र्धनमा टेवा पुर्याउने बताए । आफन्त, इष्टमित्र, छरछिमेक तथा साथीभाइसँगको मिलनबाट मनमा शान्ति, सकारात्मक सोच, एकअर्काबीच सहयोग, सद्भाव अभिवृद्धि गर्न मनाइने चाडबाडलाई खर्चिलो र तडकभडक गरी मनाउन नहुने उनले बताए । उनले भने,’चाडपर्व मानव जीवनका अभिन्न अंग हुन् । चाडबाडले आफ्नो मौलिक पहिचान बोकेको हुन्छ । यससँगै यसले विशेष खालको मूल्य र मान्यतालाई अंगिकार गरेको हुन्छ,’ 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार