सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पाकिस्तानका क्रिकेटर मोहम्मद मोहसिनले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग ९एनपिएल० खेल्ने भएका छन् । जनकपुरले तेस्रो विदेशी खेलाडीको रुपमा अलराउन्डर मोहसिनलाई टोलीमा अनुबन्ध गरेको शुक्रवार सामाजिक संजालमार्फत जनाएको छ । जनपुरले पहिलो विदेशी विदेशी खेलाडीका रुपमा न्युजिल्याण्डका जिमी निशम र दोस्रो खेलाडीमा अमेरिकाका क्रिकेटर जोशुवा ट्रम्पलाई टोलीमा अनुबन्ध गरेको थियो । २८ वर्षिय मोहसिनले हालसम्म पाकिस्तानको राष्ट्रिय टोलीबाट खेल्ने मौका पाएका छैनन् । ३० टि ट्वान्टी खेलेका मोहसिनले १ सय ७९ रन तथा २२ विकेट लिएका छन् । उनले पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग तथा अमेरिकाको मेजर क्रिकेट लिग खेलिसकेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरमा पुबुदु दासानायके मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ । असोज २० गते नेपाली खेलाडी छनोटका लागि भएको अक्सनमा जनकपुर लगायत टोलीले समान १० खेलाडी अनुबन्ध गरेका थिए ।
जनकपुर बोल्ट्सको टोली
आसिफ शेख, अनिलकुमार शाह, ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, किशोर महतो शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाटी, जिमी निशम, जोशुवा ट्रम्प र मोहम्मद मोहसिन।