हङकङ सुपर सिक्सेस : अष्ट्रेलियामाथि नेपालको शानदार जित

शनिबार, कात्तिक १७, २०८१

काठमाडौं । नेपालले ‘हङकङ सुपर सिक्सेस’को दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ ।  नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १ सय रन मात्र बनायो ।  अष्ट्रेलियाका ज्याक उडले १२ बल ५० रन बनाए । नेपालका लागि प्रतिश जिशीले ३ तथा लोकेश बम र विवेक यादवले एक एक विकेट लिए ।  त्यसअघि नेपालले अस्ट्रेलियालाई ११२ रनको लक्ष्य दिएको थियो। नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे ।  १६ बल खेलेका उनले ५१ रन बनाएर खेलको नियम अनुसार रिटायर्ड हर्ट भए ।  यस्तै लोकेश बमले १३ बलमा ३३ रन बनाए। अस्ट्रेलियका ज्याक हुडले २ विकेट लिए । पहिलो खेलमा नेपालले इ्रग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।  हङकङ सिक्सेसमा नेपाल एक खेलअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेको थियो। यो जितसँगै नेपाल समूह विजेता बनेको छ ।

Photo-(4)-(6)-1730515158.jpg
Photo-(3)-(7)-1730515158.jpg
Photo-(1)-(9)-1730515160.jpg
 

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार