अमेरिकासँग नेपालको दोस्रो हार, ३७ रनले पराजित 

आइतबार, कात्तिक १८, २०८१

काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रनमा अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे । नेपालले ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो । जसदीप सिंहको स्वींग बलमा उनी बोल्ड भए । दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए । स्पिनर हरमीत सिंहलाई स्वीप सट खेल्ने धुनमा कुशल भुर्तेल २९ रनमा बोल्ड आउट भए । त्यसपछि कुशल मल्ल ५४ बलमा १ चौका र १ छक्कासहित ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए । तल्लोक्रममा सोमपाल कामीले २७ बलमा ४ चौका र २ छक्कासहित ४६ रनको आक्रामक इनिङ खेले पनि जित्न पर्याप्त रहेन । दीपेन्द्रसिंह ऐरीले ३८ बलमा १ चौका र १ छक्कासहित ३१ रन बनाए । अमेरिकाका सौरभ नेत्रवालकरले ९.५ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्ली २–२ तथा जसदीप सिंह र हरमीत सिंहले १(१ विकेट लिए । त्यसअघि ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो ।

Image
अमेरिकाका युवा ब्याटर साइतेजा मकामल्लाले ८७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । कप्तान मोनांक पटेलले ८१ बलमा ५ चौका र १ छक्कासहित ६७ रन जोडे । ओपनर शयान जहानजिगर १० र तेस्रो नम्बरका ब्याटर आरोन जोन्स २६ रनमा आउट हुँदा अमेरिका १२ ओभरमा ६४९२ को अवस्थामा थियो । तेस्रो विकेटलाई मोनांक पटेल र साइतेजा मकामल्लाले ८८ रनको साझेदारी गर्दै बलियो योगफलको आधार तय गरेका थिए । तल्लोक्रममा हरमीत सिंहले ४४ बलमा ३ चौका र ३ छक्कासहित ५९ रनको आक्रामक इनिङ खेले । नेपालका गुल्शन झाले १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २ तथा कुशल भुर्तेलले १ विकेट लिए । नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । अव अमेरिका भ्रमणमा अन्तिम खेल स्कटल्यान्डसँग सोमबार खेल्नेछ । नेपालल लिग २ मा ११ खेलमा २ मा जित र ८ मा हारसहित ५ अंकका साथ सातौं स्थानमा छ । अमेरिका १२ खेलमा ८ मा जितसहित १६ अंकका साथ शीर्षस्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ ।

ImageImage

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  ०५:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार