सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आज भाइटीका । दाजुभाई तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टिका ग्रहण गरेका छन् । आज बिहानैदेखि रानीपोखरीमा टीका लगाउनेहरुको भीड बढेको छ । भाइटीकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ । दिदीबहिनी नहुनेका लागि भाइटीका लगाउन काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर दिनभर खुला रहने भएको छ । बालगोपालेश्वर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाको भक्तजनका लागि वर्षमा एकपटक खुल्ने गर्दछ । दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् । भाइटीकाकै लागि मन्दिर पोखरीलाई बेहुलीझैँ झिलीमिली र सुरक्षा व्यवस्था पनि गरिएको छ । भूकम्पपछिका पाँच वर्षसम्म हरेक वर्ष बालगोपालेश्वरको मन्दिरलाई पोखरीको बाहिरी भागमा राखी दर्शनको व्यवस्था गरिएको थियो । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन वि.सं. १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ ।